Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ब्राजिलले जित्यो ओलम्पिक फुटबलमा स्वर्ण

एजेन्सी । ३२ औं संस्करणको ग्रीष्मकालिन ओलम्पिक (टोकियो ओलम्पिक २०२०) जारी छ। टोकियो ओलम्पिक पुरुषतर्फको फुटबलको स्वर्ण ब्राजिलले जितेको छ।

शनिबार भएको खेलमा ब्राजिलले स्पेनलाई २–१ गोलले पराजित गरेको हो। ब्राजिलका लागि म्याथियस कुन्हा र मालकमले एक एक गोल गरेका थिए।

खेलमा ब्राजिलले पहिलो हाफको अन्तिम समयमा शुरुवाती अग्रता बनाएको थियो। कुन्हाले ४७ औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यसपछि दोस्रो हाफमा स्पेनले बराबरी गोल फर्काएको थियो। खेलको ६१ औं मिनेटमा स्पेनका मिकेल ओयार्जाबलले गोल गरेका थिए।

त्यसपछि निर्धारित समयमा खेल बराबरीमा सकियो। खेलमा थप समय शुरु भएपछि ब्राजिलले एक गोल थप्न सफल भयो। ब्राजिलका लागि मालकमले खेलको थप गरिएको समयको १ सय ८ औं मिनेटमा गोल गर्दै ब्राजिलको जित पक्कका गरेका हुन्।

यसअघि मंगलबार भएको सेमिफाइनल खेलमा मेक्सिको यू–२३ लाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै ब्राजिलले फाइनलमा स्थान बनाएको थियो।
निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समय पनि गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिकोले भने सुरुवाती दुई प्रहारमा गोल गर्न सकेन।

त्यस्तै, स्पेनले जापानलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। स्पेन र जापानबीच निकै प्रतिस्पर्धात्मक खेलपनि टाइब्रेकरतर्फ उन्मुख हुँदा एसेन्सियोले गोल गरेका थिए।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर अतिरिक्त समयको ५ मिनेट समय बाँकी हुँदा एसेन्सियोले विजयी गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077