जनकपुरधाम । मधेशका रक्षक नै भक्षक भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका आधिकारीता गुमाएका महन्थ ठाकुर समुहका नेता राजेन्द्र महतोले आरोप लगाएको छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई मधेसीको रक्षक रहेका थियो उनले नै मधेसी एकता भत्काउने ‘अपराधी’ रहेको बताए ।
शनिबार जनकपुरधाममा ठाकुर समुहले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेसका स्वघोषित रक्षक यादव वास्तवमा भक्षक भएको आरोप लगाएका हुन् ।
उपेन्द्र यादवले मधेस र मधेसी जनताको भावनामाथि ठूलो अपराध गरेको उनले बताए । अधिकार, पहिचान र आत्मसम्मानका लागि मधेसी जनताले सधैं मधेसवादीको एकता चाहे थिए । तर त्यही भावनाअनुसार एक भएका मधेसवादी दललाई उपेन्द्र यादवले फोड्ने काम गरेका छन्,’ नेता महतोले भने, ‘स्वघोषित रक्षक भन्ने उपेन्द्र यादव मधेस र मधेसीका भक्षक हुन् ।
नेता महतोले पार्टीभित्र अन्तरद्वन्द्व, मतभिन्नता, विवाद, वैचारिक लडाइँ हुनु स्वाभाविक रहेको बताउँदै पार्टीलाई नै छिन्नभिन्न पार्ने काम ठीक नभएको उनको भनाई थियो ।
मधेसी एकताका लागि आफूहरूले पटक–पटक प्रयास गरेको दाबी गर्दै नेता महतोले मधेस र मधेसीको हक अधिकारका लागि लडिरहने उद्घोष पनि समेत गरे ।