Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

भद्रपुरबाट २१ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

झापा । झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

भारतबाट नेपालतर्फ शङ्कास्पद अवस्थामा आउँदै गरेका रायलाई जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको संयुक्त प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको उहाँले बताए।

यसैबीच भद्रपुर–३ स्थित हातिमाराबाट प्रहरीले सोही वडाका २४ वर्षीय खेमराज कुँवरलाई शनिबार लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरीले उनको साथबाट स्कुफ–३ बोतल र निट्रोसन ट्याबलेट एक पत्ता (१० पिस) बरामद गरेको प्रनाउ थापाले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको र जिल्ला अदालत झापाबाट आज म्याद थपको अनुमति लिएर थप कानूनी प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077