Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

महानगरलाई कर नतिर्नेको सूचीमा स्वास्थ्य राज्यमन्त्रीदेखि सुमार्गीसम्म

काठमाडौं । काठमाडौं महानगरपालिकाले फेरि घरजग्गा र सम्पत्ति कर नबुझाउने थप ५२ करदाताको सूची प्रकाशित गरेको छ ।

महानगरले ३० दिने सूचना प्रकाशित गर्दै स्वास्थ्य राज्यमन्त्रीको लगानी रहेको अस्पताल देखि देशकै धनाड्य भनेरर चिनिएका अजेयराज सुमार्गीसम्मको नाम छ । यसअघि महानगरले २० जना करदाताको नाम सार्वजनिक गरेको थियो ।

कर नतिर्नेहरूको सूचीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालदेखि व्यवसायी अजेय राज सुमार्गी, नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी संचयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय समेत छन् ।

महानगरपालिकाको राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । महानगरपालिकाका अनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने छ ।

अधिकारीकाअनुसार यसअघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएको पनि महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले नाम सार्वजनिक गरिएकाहरुलाई लिखित तथा मौखिक सूचना गरेको जनाएको छ ।

महानगरपालिकाले नाम सार्वजनिक गरिएका करदाताहरुको सूची

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077