Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५ लाखको चेक बाउन्स मुद्दामा फरार रहेका चिरायु सीआईबीको फन्दामा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथर जिल्ला मिक्लाजुङ् गा.पा ५ घर भई हाल काठमाडौँ टोखा १० बस्ने ४२ बर्षीय चिरायु खालिङ रहेका छन्। शनिबार सीआईबीले चिरायुलाई काठमाडौँको महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चिरायुलाई उच्च अदालत पाटनको २०७७।११।१० को फैसलाले ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।

सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोका अनुसार थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई सेन्चुरी बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077