Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२,५४८ जना संक्रमित थपिँदा ५५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ०२९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ०३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ एन्टिजेन परीक्षणमा ४११ जना गरी २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख १४ हजार ८७७ जना पुगेको छ । तीमध्ये ६ लाख ६९ हजार २९९ जना निको भएका छन्  ।

जसमध्ये ३१ हजार ९६३ जना होम आइसोलेसनमा र ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण १० हजार ९३ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो ३,२१८ जनामा कोरोना पुष्टि हुँदा १,७२२ जना संक्रमणमुक्त भएका थिए भने १९ जनाको मृत्यु भएको थियो

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077