Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

निःशुल्क ट्याक्सी चढ्न मन छ ? पठाओले दियो यस्तो अफर !

काठमाडौं – पठाओले सोमबार २ मिनेट सित्तैमा ट्याक्सी बुक गर्न र चढ्न पाइने बताएको छ। पठाओ कार लाइट (ट्याक्सी) को दोस्रो एनिभर्सरीको अवसरमा अगष्ट ९ तारिखका दिन २ मिनेट सित्तैमा ट्याक्सी बुक गर्न र चढ्न पाइने भएको हो।

दिउँसो २ बजेदेखि दुई बजेर २ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाइट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले निशुल्क ट्याक्सी चड्न पाउने पठाओले जानकारी दिएको छ।

पछिल्लो समय काठमाडौमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ। ८ हजार कार लाइट (ट्याक्सी) आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रुपमा सेवा प्रदान गरिरहेको बताइएको छ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा समेत सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077