Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

ऐन महरको आरोप - विदेशीको मतियार बनेको सरकारले विद्यार्थीहरुको भविष्य अन्धकार बनायो

काठमाडाैँ । अनेरास्ववियूका अध्यक्ष ऐन महरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार विदेशीको दलाली गर्दै विद्यार्थीहरुको भविष्य अन्धकार बनाउन लागि परेको आरोप लगाएका छन्।

सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका महर भन्छन् , ‘शैक्षिक माफिया र दलालहरुले अहिले नेपालको शिक्षा प्रणालिलाई तहसनहस बनाए', उनले थपे, 'विद्यार्थीहरुलाई निरास बनाउने र भबिष्य अन्धकार बनाउने उद्देश्यका साथ परीक्षा स्थगित गर्न विभिन्न प्रपञ्चहरु गरिरहेका छन ।’

यस्तै, अध्यक्ष महरले सरकारले शिक्षा प्रणालीले नै ध्वस्त पार्ने काम हुन लागेको आरोप समेत लगाएका छन् । उनले भनेका छन, ‘पछिल्लो समय परीक्षा स्थगनका घटनाक्रम पनि त्यही उद्देश्यबाट प्रेरित छन र श्रीमान ५ को परमादेशबाट बनेको बिदेशीहरुको दलाली गर्न भ्याई नभ्याई गरिरहेको सरकार यसको मतियार बनिरहेको छ।'

'विश्वबिद्यालयको परीक्षा स्थगित गरेर समस्या समाधान हुँदैन बरु विद्यार्थीहरुको शैक्षिक भबिष्य अन्योल र अन्धकार हुन्छ । सबैले छिटोभन्दा छिटो परीक्षा दिने विद्यार्थीहरुलाई प्रबेश पत्रको आधारमा खोपको ब्यबस्था गरि अबका परिक्षाहरु सञ्चालन गरिनु पर्छ । सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077