Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मन्त्रिपरिषद बैठक :

    परराष्ट्रका ३ उपसचिवको बढुवा, कृषि सचिवमा शर्मा

    परराष्ट्रका ३ उपसचिवको बढुवा, कृषि सचिवमा शर्मा

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले नेपाल परराष्ट्र सेवाका तीन जना उपसचिवालाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा नियुक्ति दिई परराष्ट्र मन्त्रालय वा यस अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    यस्तै, सरकारले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ । शर्मालाई सचिवमा बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गर्ने निर्णय गरेको कानुनमन्त्री कार्कीले बताए।  शर्मालाई बढुवा गर्न बढुवा समितिले साउन २४ गते मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो ।



    यसैगरी आजकै मन्त्रिपरिषद बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ देखि नयाँ तलबमान स्वीकृत पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार