Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फुलमाला लगाएर परिवारसँग बिदा भएर एयरपोर्टमा बसिरहेका थिए एक्कासी उडान नहुने सुचना आएपछि...

काठमाडौं । दुबई जान घरबाट बिदा भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका यात्रुहरुको उडान हुन सकेन। उडान हुने समय हुनै लाग्दा हिमालय एयरलाइन्सले उडान हुन नसक्ने जानकारी दिएपछि यात्रुहरु नै अलमल्लमा परे।

यसो त एयरलाइन्सको कारण उडान रद्ध भने भएको हैन। दुबईबाट नै अन्तिम समयमा उडान नगर्नु पनि सुचना आएपछि उडान रोकिएको हो।

दुबईस्थित नेपाली दूतावासले आइतबारदेखि नेपालका लागि उडान खुल्ला भएको सूचना प्रकाशित गरेको थियो। त्यही सुचनाको आधारमा एयरलाइन्सले सोमबार राति साढे ११ बजेका लागि उडानको तयारी गरेको थियो।

कोरोना महामारीका कारण दुबईले नेपालबाट उडान भर्न दिएको थिएन। तर, उडानका लागि ‘चेक इन’ भइरहेका बेला एक्कासी उडान रद्ध भएपछि यात्रुहरु अलपत्र परेका थिए।

 

[caption id="attachment_79469" align="alignnone" width="900"] photo : yuvraj basnet[/caption]

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077