Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नै बहिनीको फोटो साथीको मोबाइलमा देखेपछि साथीकै हत्या

एजेन्सी – भारतको उत्तर प्रदेशमा एक युवकले आफ्नो साथीको ज्यान लिएका छन्। यो घटना गाजियाबादको साहिबाबाद थानाको हो।

वृन्दावन गार्डनको पाइपलाइन इलाकामा २२ वर्षीय युवक रञ्जन आफ्ना बाबु केदारनाथ झासँगै बस्दै आएका थिए। गत मंगलबार उनी आफ्नो साथी सुरज शुक्लालाई भेट्न गएका थिए।

समाचारमा बताइएअनुसार रञ्जनको फोनमा सुरजकी बहिनीको फोटोहरु थिए। साथीको मोबाइलमा आफ्नो बहिनीको फोटो देखेपछि सुरजले रञ्जनलाई फोटोहरु डिलिट गर्न आग्रह गरे। तर रञ्जनले फोटो डिलिट गर्न मानेनन्। उनीहरुबीच विवाद बढ्यो।त्यसपछि रिसको झोकमा सुरजले रञ्जनमाथि चक्कु प्रहार गरे।

घटनाको सूचना प्राप्त गर्नसाथ प्रहरी घटनास्थल पुगेका थियो। रञ्जन घाइते अवस्थामा भेटिएका थिए। उनलाई अस्पताल लगिएको थियो। तर उनलाई अवस्थामा पु¥यएको केही समयपछि डाक्टरले मृत घोषणा गरेका थिए।

भारतीय सञ्चार माध्यम आजतकका अनुसार रञ्जन पढाई पूरा गरेर जागिरको खोजीमा थिए। सुरज आफ्ना बाबुसँगै काम गर्दै आएका थिए। रञ्जनका बाबुले उजुरी दिएपछि हाल भारतीय प्रहरीले हाल सुरजलाई निय’न्त्रणमा लिइसकेको छ। यसबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077