Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युद्धविरामका लागि तालिबान असहमत, एकपछि अर्को शहरमा निशाना

एजेन्सी । अफगानिस्तानमा सेना र विद्रोही समूहबीचको भिडन्त जारी छ। तालिबानले हाल देशका मुख्य शहरहरुलाई निशाना बनाइरहेको छ।

अन्तर्राष्ट्रिय सत्तजारमाध्यमहरुले हालसम्म तालिबानले देशका ६ वटा प्रान्तीय राजधानी आफ्नो कब्जामा लिएको जानकारी दिएका छन्। त्यहाँ बढ्दो युद्ध तनावलाई लिएर अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरिरहेका छन्। हालै तालिबानले युद्धविरामका लागि अन्तर्राष्ट्रिय अपिललाई तालिबानले अस्वीकार गरेको छ।

तालिबानसँग लड्न अमेरिकाले अफगानिस्तानलाई साथ दिइरहेको छ। विद्रोही समूहमाथि पनि हवाई आक्रमणहरु भइरहेका छन्। यसैबीच तालिबानका एक प्रवक्ताले आइतबार अलजजिरा टिभीसँग कुराकानी गर्दै अमेरिकालाई थप कारबाही नगर्न चेतावनी दिएका थिए।

समाचारमा उल्लेख गरिएअनुसार कुन्दुजमा विद्रोही र विशेष सुरक्षा बलबीच हाल पनि भिडन्त जारी नै छ। सोमबार बिहान दक्षिणी सहर लश्करगाहको प्रहरी मुख्यालयको बाहिर ठूलो विस्फोटको आवाज सुनिएको थियो। लश्करगाहका स्थानीयका अनुसार पछिल्लो २ दिनमा कम्तीमा २० जना मारिएका छन्। त्यहाँ स्कूल र अस्पताल पनि ध्वस्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077