Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निगम बेचेर खान खोज्ने महाप्रबन्धक पौडेलको भागाभाग

काठमाडौं । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले व्यवस्थापन सुधार्न नेपाल वायुसेवा निगमको जिम्मा लगाएका महाप्रबन्धक डिमप्रकाश पौडेलले आफ्नो चार वर्षे कार्यकालको नौ महिना बित्दा नबित्दै निगम नै बेचेर खान खोजेपछि भट्टराई उनीसँग ‘आगो’ भएका छन् ।

निगम कर्मचारी संघले आन्दोलन सुरु गरेकै दिन पूर्वमन्त्री भट्टराईले पौडेललाई फोन गरेर राजीनामा दिन भनेका थिए । तर, पौडेल भने स्याङ्जाका कांग्रेस नेता गोपालमान श्रेष्ठको आडमा निगममा टिक्ने प्रयास गरेका छन् ।

निगमका कर्मचारीहरुले आन्दोलन चर्काएको ४० दिन बितिसक्यो । समाधान गर्नेतर्फ सरकारको ध्यान जान सकेको छैन । गत साता निगमका तीनवटै कर्मचारी संघका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।

उक्त भेटमा प्रधानमन्त्री देउवाले नयाँ पर्यटनमन्त्री आएपछि कर्मचारीहरुको माग सम्बोधन गर्ने बचन दिएका थिए । कर्मचारी संघको एउटै माग डिमप्रकाशको राजीनामा हो ।

खर्बौको सम्पत्ति भएको निगमको सम्पत्ति कौडीको भाउमा हत्याउन ओलीनिकट व्यापारीहरु लागेका छन् । त्यसैले ओली हिँड्ने बेला निगमलाई कम्पनीमा परिणत गर्ने निर्णय भएको हो ।

निगम सञ्चालक समितिमा किशोरकुमार प्रधानलाई ल्याउनुको रहस्य पनि यही थियो । प्रधान हवाईसम्बन्धी विज्ञ होइनन्, पटक–पटक नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पराजित व्यापारी हुन् ।

तसर्थ, देउवा सरकारले निगमको साख र अस्तित्व जोगाउन सबैभन्दा पहिला महाप्रबन्धक पौडेलको बर्खास्ती र सञ्चालक समिति हेरफेर गर्नुपर्छ । दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077