Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीले भने - म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दा भएको हो

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

'म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु’, ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’

उनले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमका बीच पनि दुई पटक प्रधानमन्त्री बनेको बताए ।

यसअघि आफू विभिन्न राजनीतिक दलका कुण्ठा, जलन र ईर्ष्याबाट प्रधानमन्त्री बनेको नभई जनमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएको स्मरण गर्दै असाधारण जनमतका साथ आफू फेरी मूलढोकाबाट सरकारमा आउने आउने समेत जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077