Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दार्चुला तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

यही साउन १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय धामी बेपत्ता भएको घटना सार्वजनिक भएको थियो ।

सरकारले सो घटनाको छानबिनका लागि यही साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन टोलीलाई १० दिनको समयसीमा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077