Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओलीको सम्बोधन : 'देउवा सरकार दशैंमा केटाकेटी नाचेजस्तो नाचिरहयाे'

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार असाध्यै हौसिएको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले असामान्य ढंगले सरकार परिवर्तन भएको भन्दै सत्ता गठबन्धन दशैंमा केटाकेटी आँगनमा नाचेजस्तो नाचिरहेको बताए ।

‘सत्ता गठबन्धनका मित्रहरू असाध्यै हौसिनुभएको छ,' ओलीले भने,' केटाकेटी आँगनमा नाचेजस्तो नाच्नै ठिक्क । एक महिनासम्म बधाई र शुभकामना खुब चलेको छ। दशैं आएजस्तै भएको छ ।’

यस्तै अध्यक्ष ओलीले सरकारले भूमि आयोग विघटन गरेर घाँटी सेर्ने काम भएको भन्दै ओलीले असन्तुष्टि समेत जनाएका छन् ।

उनले सत्ता गठबन्धनको आलोचना गर्दै भद्दा र स्वार्थहरूको गठबन्धनतर्फ देश गएकाले यसले विकासको अभियानलाई सञ्चालन गर्न नसक्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभा पुर्नस्थापनापश्चात पूर्वप्रधानमन्त्री ओलीले पहिलो पटक संसदलाई सम्बोधन गरेका ओलीले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताएका छन् ।

‘म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु’, ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077