Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टाउकोमा लोहोरो प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

कास्की – प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा उनकै श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की जिल्ला माछापुच्छ्रे गाउापालिका वार्ड नं. २ भुजुरुङखोलाका श्रीलाल कामी रहेका छन्।

६४ वर्षी कामीले साउन २६ गते मंगलबार बिहान ५२ वर्षकी आफ्नी श्रीमती श्रीमाया कामीको टाउकामा मसला पिस्न प्रयोग गरिने लोहोरो प्रहार गरी ज्यान लिएका थिए। प्रहरीका अनुसार लोहोरो प्रहारबाट गम्भीर भएकी उनलाई पोखराको अस्पतालमा लगिएको थियो।

कामीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। श्रीलालले मादक पदार्थ सेवन गरी आफ्नो श्रीमतीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनलाई घरको कोठामा लुकीरहेको अवस्थामा पक्राउ गरिएको र हाल ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077