Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने भट्ट महाशाखाको फन्दामा

काठमाडौँ । महानगरीय अपराध महाशाखा काठमाडौँले उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोटी जिल्ला केआईसिंह गाउँपालिका वडा ६ स्थायी घर भई हाल काठमाडौँ कीर्तिपुर बस्ने २६ बर्षीय केशवराज (किशोर/कुशल) भट्ट रहेका छन्।

पक्राउ परेका भट्टले आफू उपराष्ट्रपति कार्यालयमा शाखा अधिकृत रहेको भन्दै भ्रम सिर्जना गरेर बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा झुक्याई व्यक्तिगत लाभ लिने उदेश्यले ठगी गर्दै हिडेको महाशाखाले जनाएको छ। महाशाखाको विशेष टोलीले भट्टलाई मंगलबार कलंकीबाट पक्राउ गरेको हो।

महाशाखा अनुसार भट्टले विभिन्न व्यक्तिहरुलाई ठगी गर्न निजामती कर्मचारीको पोशाक समेत लगाएर हिड्ने गरेका थिए । भट्ट यसअघि पनि साइबर क्राइम मुद्दामा १ बर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरिसकेका थिए।

यस्तै, कुशल भट्ट भनेर समेत चिनिने उनले सामाजिक सञ्जालमार्फत् अपरिचित व्यक्तिलाई चिनजान गरेर आफू परराष्ट्र मन्त्रालयको सह-सचिव समेत हुँ भन्दै ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाको भनाइ छ।


  • महाशाखाका अनुसार भट्टको साथबाट बरामद भएका सामानहरु यसप्रकार छन्:
    १.सिमकार्ड सहितको आइफोन थान-१
    २. केशवराज भट्ट नामको प्रभु बैंकको एटिएम थान-१
    ३. किशोर भट्ट नामको त्रि-चन्द्र कलेजको बिद्यार्थी परिचयपत्र थान-१
    ४. किशोर भट्ट नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड थान-१


पक्राउ परेका भट्टमाथि आवश्यक थप अनुसन्धान कार्य भइरहेको र यदी कोही उनीबाट ठगिएको भए सम्पर्क गर्न महाशाखाले आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077