Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रिय कुस्ती खेलाडी बैरागीका हत्यारा १० वर्षपछि प्रहरीको खोरमा

रौतहट । प्रहरीले राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–७ का सोनफी हजरा रहेका छन्।

प्रेमपुर गोनाही–१ का बैरागीको हत्या आजभन्दा १० वर्षअघि भएको थियो। लामो समयको खोजी र अनुसन्धानपछि हत्यारा हजरालाई नियन्त्रणमा लिइएको हो।
रौतहट प्रहरीका अनुसार हत्यापछि फरार रहेका हजरालाई गौर नगरपालिका–५ बाट नियन्त्रणमा लिइएको हो।

बैगारीको हत्या वि.सं. २०६८ असार २३ गते भएको थियो। उनलाई जिल्ला अदालत गौर नजिकैको सडकमा गोली हानिएको थियो। गोली लागेपछि गम्भीर घाइते भएका बैरागीको उपचारको क्रममा गौर अस्पतालमा मृत्यु भएको थियो।

पक्राउ परेका हजरालाई जिल्ला अदालतमा उपस्थित गराइएको छ। बैरागी राष्ट्रिय कुस्ती खेलाडी हुन्। उनी सन् १९९९ नेपालमा भएको आठौं साफ खेलकुद प्रतियोगिताको कुस्ती खेलमा कास्य पदक विजेता खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077