Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जीप दुर्घटनामा ५ वर्षीया बालिकासहित दुईको मृत्यु, ३ जना घाइते

कैलाली । धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत कैलालीको भासुभीर सडक खण्डमा आज साँझ प्रदेश ३–०१–००२३ च ९०५९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

धनगढीबाट डोटीको गैरा जाँदै गरेको उक्त जीप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ। मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिकाकी ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिकाका पाँच वर्षीया एलिसा खड्काको उपचारका लागि पद्मा अस्पतालमा पु¥याउँदा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा जोरायल गाउँपालिकाका जीप चालक रमेश खड्का, आठ वर्षका बालक सुशील साउँद र निर्मला खड्का घाइते भएका छन्। बालकको अवस्था गम्भीर छ। घाइतेलाई उपचारका लागि धनगढीको मयामेट्रो अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077