Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आधा किलो सुनसहित तीन जना पक्राउ

कैलाली । प्रहरीले कैलालीको अत्तरियाबाट आज ४४९ दशमलव ७७ ग्राम अवैध सुन, नगद ४९ हजार ४०५ सहित तीन जनालाई पक्राउ गरेको छ।

अवैध सुन ल्याइरहेको भने सूचनाका आधारमा खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको ना ८ ख ८३४९ नम्बरको बस जाँच गर्दा उक्त अवैध सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बसका सहजकर्ता कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका भवानी घिमेरलाई ९९ दशमलव ९९ ग्राम सुनका दुई बालासहित रु २६ हजार २०० नगद, एक मोबाइलसहित पक्राउ गरिएको छ।

यस्तै सुनसरी जिल्ला रामधुनी नगरपालिका घर भई शैलेश्वरी सुनचाँदी पसल अत्तरियामा काम गर्दै आएका राजु विकलाई सुनको बाला र सिक्री गरी ३४९ दशमलव ८७ ग्राम अवैध सुन, नगद छ हजार ९०५ र एक मोबाइलसहित पक्राउ गरिएको छ।

बसका सहजकर्ता घिमिरेसँग फेला परेको दुई वटा सुनको बालामध्ये एउटा बाला अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समीर सिजापतिलाई दिएको भन्ने खुल्न आएपछि गरिएको खानतलासीका क्रममा निज सिजापतिलाई पनि सुनको बाला, नगद १६ हजार र दुई थान मोबाइलसहित पक्राउ गरिएको छ। पक्राउ परेका घिमिरे र समीर सिजापतिको साथमा कतार दोहाको बिल रहेको भए पनि किन्ने व्यक्तिको विवरण फरक रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077