Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डोरीले बाँधेर युवक कुटी भाइरल भएका वडाध्यक्ष धरौटीमा छुटे

जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले युवकलाई कुटपिट गर्ने वडाध्यक्षलाई धरौटीमा छाडेको छ। सेवाग्राही युवकलाई डोरीले बाँधेर कुटपिट गरी सामाजिक सत्तजालमा भाइरल भएका जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका हुन्।

उनलाई ५ हजार धरौटीमा छाडिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। सामाजिक सञ्जालमा युवकलाई कुटपिट भिडियो भाइरल भएपछि उनलाई पक्राय गरिएको थियो। तर, पीडीतले उनीविरुद्ध उजुरी नै दिन मानेनन्।

वडाध्यक्षले नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाइलाई अमानवीय व्यवहार गरेका थिए। तर, सर्पेले गल्ती आफ्नो भएको बयान दिएपछि नेपालीलाई छोडिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077