Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयले भन्यो - दुबई उड्ने यात्रुको ७२ घण्टाभित्रको नतिजालाई मान्यता दिनु

काठमाडौँ । सरकारले युएईमा जाने नेपाली श्रमिकलाई पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरेर ७२ घण्टाभित्रको नतिजा लिएर उडान यात्राको अनुमति दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई अनुरोध गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रले पर्यटन मन्त्रालयलाई पत्र पठाउँदै यस्तो अनुरोध गरेको हो ।

यसअघि युएईको दुबई नागरिक उडड्यन प्राधिकरणले विमानस्थलमै ‘र्‍यापिड पीसीआर परीक्षण’ भएका यात्रुलाई मात्रै प्रवेश दिने सूचना सार्वजनिक गरेको थियो ।

युएईले मागेको जस्तो त्रिभुवन विमानस्थलमै ‘र्‍यापिड पीसीआर परीक्षण गर्ने प्रविधि स्रोत साधान नभएको भन्दै स्वास्थ्य मन्त्रालयले हाल ७२ घण्टाभित्रको नतिजा लिएर आउने यात्रुलाई नै उडानको अनुमति मिलाउन पर्यटनलाई आग्रह गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077