Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

३० वर्षीया महिलालाई बलात्कार प्रयासको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

बुटवल । जबरजस्ती करणी प्रयासको आरोपमा एक गाउँपालिका अध्यक्ष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) रहेका छन्।

स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् ।

उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो पक्राउ गरेको डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

पक्राउ परेका केसीविरुद्ध बलात्कार उद्योगमा म्याद लिएर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । पछि सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका उनी सो पार्टीको केन्द्रीय उपाध्यक्ष समेत हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077