Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

‘डिल’ हुँदै गरेको अवैध हतियारसहित तीनजना पक्राउ

पर्सा – पर्सा प्रहरीले अवैध हतियारसहित तीनजनालाई पक्राउ गरेको छ। होटलमा हतियार बेच्न डिल गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

सानो हतियार बेचविखन गर्ने उदेश्यले बसिरहेका उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रह्मचोकस्थित एक होटलबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा ३५ वर्षीय अनिल साह, ३२ वर्षी रवि पौडेल र ४० वर्षीय विजय कुमार पटेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुको तलासी लिँदा साहको साथबाट पेस्तोल थान(१) फेला परेको हो। हाल उनीहरुविरुद्ध हात हतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077