Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अफगानिस्तानमा रोकिएन नरसंहार : ३ दिनमा २७ बढी बालबालिका मारिए, १० प्रान्तीय राजधानी तालिबानको कब्जामा

    अफगानिस्तानमा रोकिएन नरसंहार : ३ दिनमा २७ बढी बालबालिका मारिए, १० प्रान्तीय राजधानी तालिबानको कब्जामा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा जारी द्वन्द्वमा परी ३ दिनमा २७ भन्दा बढी बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ। युएनले २ दिनअघि दिएको जानकारी अनुसार अफगानिस्तानमा नरसंहार बढिरहेको छ।

    अफगानी सुरक्षा बल र विद्रोही तालिबानबीच भइरहेको दोहोरो भीडन्तमा बुधबार ४ सय ५० लडाकु मारिएको बताइएको थियो। त्यस्तै बुधबार पनि ६७ जना लडाकुको ज्यान गएको छ।
    यसैबीच विद्रोही तालिवान लडाकूले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन्। रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नी शहर नियन्त्रणमा लिएको लडाकूले बिहीबार जानकारी दिएका छन्।



    घटनास्थल राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्दछ। योसँगै तालिवान लडाकूले अफगानिस्तानमा अहिलेसम्म १० प्रान्तीय राजधानी कब्जा गरेको दाबी गरेका छन्।



    पछिल्लो चरणमा विद्रोही लडाकूले एक हप्तादेखि विभिन्न प्रान्तीय राजधानी नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएका छन्। लडाकूले घाज्नी सहर नियन्त्रणमा लिएका छन्, एक अधिकारीले पत्रकारसँग भने। उनका अनुसार घटनास्थलमा लडाकू र सरकारी सुरक्षाकर्मीका बीचमा अहिले पनि भीडन्त भइरहेको छ।

    सरकारले अफगानिस्तानका धेरै ठाउँमाथिको नियन्त्रण गुमाउदै गएको छ। विषेश गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकूले आफ्नो पकड बढाउदै लगेका हुन्।

    अफगानिस्तानको सुरक्षामा द्रुतरुपमा देखिएको गिरावटको मुख्य कारण अमेरिकी सेनाको हतारमा भएको फिर्ती नै हो। तर अमेरिकी राष्ट्रपतिले भने सेना फिर्ता गरेकोमा पछुतो नभएको बताएका छन्। अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका हुन्।

    यद्यपि राष्ट्रपति बाइडेनले अफगानिस्तानका लागि संघर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गरेका छन्। बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ।

    तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरु शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार