Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मेसी र रोनाल्डो एकै क्लबमा : रोनाल्डोलाई पनि भित्र्याउने पिएसजीको तयारी

एजेन्सी । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी विश्व फुटबलका दुई महान् खेलाडीहरु हुन्। यो जोडीको फुटबलमा सबैभन्दा बढी तुलना हुने गर्छ। अर्जेन्टाइन मेसी उत्कृष्ट कि पोर्चुगिज रोनाल्डो भन्नेमा विश्व फुटबल नै दुई ध्रुवमा उभिन्छ।

रोनाल्डोले रियल मड्रिड जोइन गरेपछि यी दुई खेलाडीबीचकोे तुलना शुरु भएको हो। क्याटलन क्लब बार्सिलोना र स्पेनिस महारथी रियल मड्रिड विश्व फुटबलका दुई सर्वश्रेष्ठ क्लब हुन्। मेसीले बार्सिलोना र रोनाल्डोले रियलबाट खेल्दै गर्दा दुई खेलाडीको प्रदर्शन र क्लबको प्रतिस्पर्धा यी दुई खेलाडीलाई नै प्रतिस्पर्धी बनाइदिएको हो।

यसो त रोनाल्डो स्पेन छाडेर इटाली गए पनि दुई खेलाडीको तुलना भने रोकिएको छैन। हाल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) र रोनाल्डो इटालियन क्लब युभेन्टसबाट खेलिरहेका छन्।

विश्व फुटबलप्रेमीहरुको माझमा त्यस्ता दर्शकहरु पनि छन् जो मेसी र रोनाल्डो एकै क्लबबाट खेलुने भन्ने चाहन्छन्। अ बती दर्शकहरुको चाहना पनि पुरा हुने सम्भावना बढेको छ।

मेसीलाई क्लबमा आबद्ध गरेर सनसनी मच्चाएको पिएसजीले फेरि रोनाल्डोलाई ल्याउने तयारी गरेको छ। तर, यो तयारी जारी सिजनका लागि नभएरु अर्को सिजनका लागि हो। पिएसजीले केलियन एमबाप्पेलाई बेचेर रोनाल्डोलाई किन्न लागेको अन्तर्राष्ट्रिय खेल समाचार संस्थाहरुले जानकारी दिएका छन्। उता एमबाप्पेलाई भित्र्याउन रियल मड्रिड इच्छुक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077