Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • बालुवाटारमा प्रदर्शनको तयारी गरिरहेका दर्जनौं शिक्षकहरु विद्यालयभित्रबाटै पक्राउ

    बालुवाटारमा प्रदर्शनको तयारी गरिरहेका दर्जनौं शिक्षकहरु विद्यालयभित्रबाटै पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ । प्रहरीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शनको तयारीमा रहेका शिक्षकलाई विद्यालयभित्रबाट पक्राउ गरिएको छ।

    शुक्रबार नेपाल शिक्षक महासंघको पूर्व घोषित आन्दोलनको क्रममा टंगाल माध्यमिक विद्यालयमा भेला भएर बालुवाटार जाने तयारीमा रहेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरीले विद्यालयभित्रै पसेर पक्राउ गरेको शिक्षक नेता यम.पि भुसालले बताए।



    पक्राउ गरिएका शिक्षकहरुमा शंकर अधिकारी, सोमनाग गिरी, मेघनाथ यादव, झंक चौलागाइँ, कुमार बजगाईँ, जमुना कुँवर, अनन्तराम पन्त, पुष्प न्यौपाने, बाबुहरि मरासिनी, भीम पोखरेल, दिवसबाबु पोखरेल, भेषराज शर्मा, डिपी लामिछाने, विना देउजा, राजेन्द्रराज पौडेल, लक्ष्मीकिशोर सुवेदी, यम.पि भुसाल, पूर्णप्रसाद दवाडी, शेरबहादुर अधिकारी, राजन अम्गाइ, छायाँ रेग्मी, बासुदेव खनाल, कमाल दिन मिया, रामप्रसाद रिमाल, सहदेव साखकर्मीलगायत छन्।



    विभिन्न ३४ वुँदे मागहरु राखी आन्दोलनमा रहेका शिक्षकहरुको चौथो चरणको अन्तिम कार्यक्रमको क्रममा प्रहरीले पक्राउ गरिएको नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका भुसालले बताए । उनले शिक्षकहरुका मागहरु सम्बाधनका लागि प्रदर्शनको तयारीका क्रममा रहेका शिक्षकलाई विद्यालय हाताबाटै नियन्त्रणका लिनु निन्दनीय भएको बताउँदै करिब एकसय ५० शिक्षकलाई धरपकड गरिएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार