Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बझाङमा बालिकालाई जर्बजस्ती करणी गर्न खोज्ने एक शिक्षक पक्राउ

    बझाङमा बालिकालाई जर्बजस्ती करणी गर्न खोज्ने एक शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    बझाङ। जिल्ला प्रहरी कार्यालय बझाङले आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् ।



    सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    चैत १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफन्तले बताएका छन् ।

    पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार