Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गोरखामा ४ किशोरीलाई यौन दुराचार गरेको आरोपमा शिक्षक पक्राउ

    गोरखामा ४ किशोरीलाई यौन दुराचार गरेको आरोपमा शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 3.8K
    SHARES

    फाइल फोटो

    गोरखा। जिल्लाको सिरानचोक गाउँपालिका–७ मा चार किशोरीलाई यौन दुराचार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा रौतहट, चन्द्रपुर नगरपालिका–८ घर भई स्थानीय तल्लो गोहोरेस्थित जनकल्याण माविका शिक्षक जलेन्द्र चौधरी रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालका अनुसार १३ वर्षकी एक र १४ वर्षका चार किशोरीलाई पढाउने क्रममा अस्वभाविक यौनजन्य क्रियाकलाप गरेको भन्दै जाहेरी परेपछि चौधरीलाई पक्राउ गरिएको हो।



    पक्राउ परेका चौधरीले किशोरीलाई डरत्रास देखाइ पटकपटक अस्वभाविक यौनजन्य क्रियाकलाप गर्ने गरेको प्रहरीको प्रारभ्भिक अनुसन्धानमा खुल्न आएको डीएसपी दाहालले बताए।

    ‘शिक्षकको अस्वभाविक क्रियाकलापबारे एक किशोरीले आमालाई सुनाएपछि कुरा बाहिर आएको हो,’ डीएसपी दाहालले भने ।

    चौधरी गणित र विज्ञान विषयका शिक्षक हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार