Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बाल यौन दुराचारको आरोपमा ८४ बर्षीय अमेरिकी पुजारी जेल चलान

    बाल यौन दुराचारको आरोपमा ८४ बर्षीय अमेरिकी पुजारी जेल चलान

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । बालबालिकामाथि यौन दुराचार गरेको अभियोगमा एक पूर्वअमेरिकी पुजारीलाई जेल चलान गरिएको छ ।

    अन्तर्राष्ट्रिय मिडियाका अनुसार पूर्वअमेरिकी पुजारी रिचार्ड ड्याचव्याचलाई पूर्वी टिमोरको एक अदालतले दोषी ठहर्याउँदै  मंगलबार १२ वर्षको लागि जेल चलान गरेको हो।



    रिपोर्टका अनुसार रिचार्डले सन् १९९० को सुरुवातमा अनाथालय खोलेका उनले अभिभावक नभएका र उत्पीडनमा परेका बालबालिकालाई गाँस, बास र कपासको व्यवस्था दिँदै आएका थिए।



    तर, ८४ वर्षीय ती पुजारीले १४ वर्षभन्दा मुनिका बालबालिकामाथि यौन दुराचार गर्ने गरेको र अनाथालयमा हुर्केका युवतीको अश्लिल भिडियो बनाउने गरेको भन्दै उनीमाथि उजुरी परेको थियो।

    उजुरीपछि ती पुजारीमाथि छानविन एवं अनुसन्धान गर्दा पूर्वी टिमोरको अदालतले उनलाई  दोषी ठहर गर्दै उक्त फैसला गरेको समाचारमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार