Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाल यौन दुराचारी शिक्षक पक्राउ

    बाल यौन दुराचारी शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 4.6K
    SHARES

    बुटवल । आफैंले पढाउने ११ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा कपिलवस्तुका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

    मंसिर ९ गते दिउँसो १२ बजेको समयमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० भगवानपुरस्थित बुद्ध ज्ञानज्योति बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ४० वर्षीय यम खानले सोही स्कुलमा अध्यनरत ११ वर्षीया बालिकालाई यौन दुराचार गरेको प्रहरीको भनाइ छ ।



    बिहीबार प्रहरीले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार निज प्रिन्सिपलले ती बालिकालाई आफ्नो कार्यकक्षमा लगेर यौन दुराचार गरेको भन्दै पीडितपक्षले जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।



    प्रहरीले प्रिन्सिपल खानलाई पक्राउ गरी बाल यौन दुराचार सम्वन्धी मुद्दा दर्ता गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार