Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चमा रातो पासपोर्टको मुद्दा खेपिरहेका नारदमुनिको आरोप : काँग्रेस नेताको घरमा भेटिन थाल्यो खोप

काठमाडौँ। सर्वोच्च अदालतमा रातो पासपोर्टको मुद्दा खेपिरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सांसद नारदमुनि रानाले काँग्रेस नेता कार्यकर्ताहरूको घरमा कोभिड खोप भेटिन थालेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रानाले भने,' ‘खोप, खोप, खोप प्राथमिकतामा रहेको सरकारले ओली सरकारले ल्याएपछि खोप ल्याउन सकेको छैन् । अहिले काँग्रेसका नेता कार्यकर्ताहरूको घर घरमा खोप भेटिन्छ । त्यति मात्र हैन अहिले दशौं हजार तिरेर ठूला बढा भिआइपीको घरमा खोप भेटिन्छन् ।’

यस्तै, उनले महाकाली नदीमा भारतीय सेनाबाट जयसिंह धामी मारिँदा सरकार नबोलेको, मेलम्चीमा बाढीले अस्तब्यस्त पार्दा सरकार बेखबर भएको आरोप समेत लगाए ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारमा राना वनमन्त्री रहेका थिए। रानाबिरुद्ध रातो पासपोर्ट बिक्री गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । २०६४ मा पहिलो संविधानसभा सदस्य भएपछि रानाले १० लाखमा कूटनीतिक राहदानी(रातो पासपोर्ट) बिक्री गरेका थिए । उनले घुस लिएर अष्ट्रेलिया जानका लागि पासपोर्ट दुरुपयोग गर्न दिएका थिए । उनले २ वटा पासपोर्ट लिएर एउटा पासपोर्ट बिक्री गरी अष्ट्रेलिया उडाएका थिए ।

२६ साउन २०७२ मा विशेष अदालतले रानालाई दोषी ठहर गरिसकेको थियो । उनले पासपोर्ट लिंदा गरेको हस्ताक्षर मिलेको तर औंठाछाप नमिलेकै आधारमा उनले २०७४ मा निर्वाचन लड्न पाएका थिए । अहिले यो मुद्दा सर्वोच्च अदालतमा अड्किएको छ । मुद्दा थााती रहेकाले उनको नाम निलम्बितहरूको सूचीमा परेको छैन ।

राना २०७४ को निर्वाचनमा कैलाली–५ बाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077