Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीन जना पक्राउ

रामनारायण यादव / जनकपुरधाम । विद्यालयबाट कम्प्युटर चोरी गरेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नम्वर ८ बस्ने रामप्रकाश महतो र सोही ठाउँका बुधन महतो रहेको प्रहरीले जनाएको छ ।

चोरी भएको कम्प्युटर वडा नम्वर ४ स्थित प्रमोद महतोको घरमा बिहीबार साँझ प्रहरीले फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

यो घटना गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका वडा नम्वर २ भुचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका फोडेर २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो ।

प्रहरीका अनुसार विद्यालयबाट चोरि भएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरमा फेला परेको हो । सोही आधारमा उनीहरुललाई पक्राउ गरेको हो ।

‘कम्प्युटरको सीपीयू र मोनिटर कपडामा बाँधेर महतोले घरपछाडिको गोठमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।’ इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले भने, ‘विशेष सुचनाको आधारमा कम्प्युटर फेला पारेका हौं ।’

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077