Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२० लाखको चेक बाउन्स मुद्दामा फरार रहेकी प्रेमकुमारी सोह्रखुट्टेबाट पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका वडा नं.-१६ बस्ने ४८ बर्षिया प्रेमकुमारी खड्कीलाई शुक्रबार सीआईबीले सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी खड्कीलाई उच्च अदालत पाटनको २०७६।०२।२१ गतेको फैसलाले ५ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो।

सीआईबीका अनुसार गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई एनएमबी बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077