Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३,९१५ जनामा संक्रमण पुष्टि हुँदा २७ जनाको मृत्यु, २,११८ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ११८ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ जनाको पीसीआर परीक्षणमा २ हजार ७६३ र ६ हजार ८७४ को एन्टिजेन परीक्षणमा १ हजार १५२ जना गरी ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख २८ हजार ५३२ जना पुगेको छ ।

जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा र ३ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार २३९ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो बुधबार ३,२६० जनामा संक्रमण पुष्टि हुँदा ३२ जनाको मृत्यु भएको थियो भने २,२९४ जना डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077