Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • फाटेको जिन्समा ‘लेक्चर’ दिएकी कंगनाले ट्रान्सप्यारेन्ट ब्रालेट लगाएपछि बलिउडमा हंगामा (तस्वीरहरु)

    फाटेको जिन्समा ‘लेक्चर’ दिएकी कंगनाले ट्रान्सप्यारेन्ट ब्रालेट लगाएपछि बलिउडमा हंगामा (तस्वीरहरु)

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 9.1K
    SHARES

    एजेन्सी – बलिउड अभिनेत्री कंगना रनौत आफ्नो प्रखर वक्तृत्वकलाका कारण चर्चामा आउँछिन्। बेलाबेला उनले दिने आक्रामक धारणाले उनी चर्चामाभन्दा बढी विवादमा तानिन्छिन्।

    बलिउडकर्मीदेखि लिएर उनी हलिउडर्कीमाथि पनि बेलाबेला खनिन्छिन्। हाल दर्शकहरु कंगनामाथि खनिएका छन्। फोटोका कारण उनी इन्स्टाग्राममा ट्रोलको शिकार बनेकी छिन्।



    उनले शेयर गरेको फोटोमा उनी सेतो रङको ट्रान्सप्यारेन्ट ब्रालेट र सेतो पाइन्ट लगाइरहेको देखिन्छन्। यसैलाई लिएर इन्स्टाग्राम प्रयोगकर्ताले उनको मजाक उडाइरहेका छन्। कंगनालाई उनले विगतमा बोेलेको कुराका आधारमा ट्रोल गरिएको हो।



    केही समयअघि उनले हलिउड पपस्टार रिहाना र बलिउड अभिनेत्रीहरुको कपडाको विषयमा प्रतिक्रिया दिएकी थिइन्। ‘त्यो तपाई हैन जो बलिउडका अन्य नायिका र रिहानाको कपडाको विषयमा प्रश्न उठाउने ? अब के हुन्छ ?’ एक जनाले उनको फोटोमा कमेन्ट गरेका छन्।

    त्यस्तै अर्का प्रयोगकर्ता लेख्छन्, ‘यो त्यही नायिका हो जसले फाटेको जिन्स र भारतको संस्कृतिलाई लिएर ज्ञान दिएकी थिइन्।’ अर्का एकजनाले यो के लगाएको भन्दै प्रश्न गरेका छन्।

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार