Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अवैध हतियारसहित घरबाटै पक्राउ परे यी युवक

कास्की । प्रहरीले कास्कीमा अवैध हतियारसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नं.५ खाम बस्ने २६ वर्षीय कोष बहादुर गुरुङ रहेका छन्।

अवैध हतियार छ भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलील घरको कोठाभित्र लुकाई राखिएको हतियारसहित गुरुङलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको घरबाट दुई नाले बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने गोली (टोटा) ५ थान, शिसाका छर्रा १२ थान र कालो बारुद १५५ ग्राम पनि बरामद गरिएको छ।

पक्राउ परेका गुरुङलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077