Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रिमियर लिग महाभिडन्त : उद्घाटन खेलमा नवप्रवेशी क्लबसँग हार्‍यो आर्सनल

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको उद्घाटन खेलमा आर्सनलले हार बेहोरेको छ। शुक्रबार राति भएको खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफर्डसँग २–० ले हारेको हो।

घरेलु मैदानमा ब्रेन्टफर्डलाई जित दिलाउन सर्जी कानोस र क्रिस्टियन नोर्गार्डले गोल गरेका थिए। खेलमा शुरुवातदेखि आक्रामक देखिएको ब्रेन्टफर्डले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा थप एक गाृल गरेको थिए।

शुरुवाती मिनेटमादेखि न्र आर्सनलमाथि दबाब सिर्जना गरेको उसले २२ औं पहिलो गोल गरेको थियो। आर्सनलको डिफेन्सले बल राम्रोसँग क्लिअर गर्न नसक्दा आएको काउन्टर अट्याकमा ब्रेन्टफर्डका कानोसले गोल गरेका थिए।

पअिलो हाफमा त्यतिकैमा सकिएको थियो। दबाबा देखिएको आर्सनलले दोस्रो हाफमा थप एक गोल खायो। दोस्रो हाफको ७३ औं मिनेटमा नोर्गार्डले गोल गर्दै नव प्रवेशी क्लबको अग्रता दोब्बर बनाए। लामो थ्रो इनमा आएको बललाई आर्सनलको डिफेन्सले ६ यार्ड बक्स भित्रबाट क्लियर गर्न नसक्दा फार पोस्टमा आएका नोर्गार्डले हेडरमार्फत गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077