Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पिएसजी र स्ट्रासबर्ग भिड्दै : यस्तो छ सम्भावित प्लेइङ ११

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) र स्ट्रासबर्गबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार शनिबार राति १२ः४५ बजे शुरु हुनेछ।

खेल पिएसजीको घरेलु मैदानमा हुँदैछ। अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले पिएसजीका लागि उक्त खेलमा डेब्यू गर्ने अनुमान गरिएकाे छ। भर्खर क्लबमा आबद्ध भएका मेसीले ट्रेनिङ शुरु गरिसकेका थिए। त्यसकारण पिएजसी र मेसी समर्थकहरुले तीव्ररुपमा यो खेलको प्रतीक्षा गरिरहेका छन्।

पिएसजीको सम्भावित शुरुवाती ११ :

नाभास, हामिमी, केहरेर, किम्पेम्बे, डियालो, ड्यानीलो, विज्नाल्दम, हेरेरा, ड्राज्लर, इकार्डी, एमबाप्पे

स्ट्रार्सबर्गको सम्भावित शुरुवाती ११ :

सेल्स, फिला, सिसोको, डिजीकु, कासी, थोमस्सन, लिइनार्द, बेल्लेग्रेड, वारीस, अजोर्क्वी, डियलो

पिएसजीले ४–३–३ को फर्मेसनमा मैदान उत्रने तयारी गरिरहेको बताइएको छ। स्ट्रार्सबर्ग ४–४–२ को फर्मेशनमा मैदान उत्रने अनुमान गरिएको छ।

पिएसजीमा डेब्यू गर्ने मेसी तयार भएपनि निश्चित भइसकेको छैन। पिएसजीले नेयमार र अन्जेल डी मारियालाई पनि शुरुवाती ११ मा नराख्ने सम्भावना छ। उनीहरुलाई दोस्रो हाफमा प्रतिस्थापन गर्ने तयारी क्लबको रहेको फ्रेन्च सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077