Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्याल मार्न बाबुले हानेको गोली लागेर छोराको मृत्‍यु

बुटवल । पाल्पामा बाबुले हानेको गोली लागेर छोराको मृत्‍यु भएको छ। स्याल मार्न बाबुले चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको रिब्दिकोट गाउँपालिकाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर उनका छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा  अकस्मात सँगै रहेका आफ्नै छोरा धनबहादुरलाई लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले  कर्णबहादुरलाई बन्दुकसहित पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077