Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १ प्रतिशतले फेल भएको थाहा पाएपछि मृत भेटिएकी छात्रालाई मरिसकेपछि विश्वविद्यालयले पास गरिदियो

    १ प्रतिशतले फेल भएको थाहा पाएपछि मृत भेटिएकी छात्रालाई मरिसकेपछि विश्वविद्यालयले पास गरिदियो

    अनलाइन नेपाल
  • आइतबार, ३१ साउन २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । बेलायतमा केवल १ प्रतिशत अंकका कारण परीक्षामा अनुत्तीर्ण भएकी एक छात्रा पुलमुनि मृत अवस्थामा भेटिएकी छिन् । प्रारम्भिक नतिजा सार्वजनिक भएको १२ घण्टा नबित्दै ती छात्राको शव भेटिएको थियो ।

    बेलायतको कार्डिफ युनिभर्सिटीमा फार्मेसी विषय अध्ययनरत २१ वर्षकी छात्रा मारेड फक्स केवल १ प्रतिशत अंकका कारण फेल भएकी थिइन्।



    बेलायती संचारमध्यम वेल्स अनलाइनका अनुसार मारेडको मृत्यु भएपछि उनको मृत्युको विषयमा भइरहेको अनुसन्धानमा शुक्रबार यससँग सम्बन्धित अन्य केही मानिसहरुसँग सोधपुछ गरिएको थियो । उत्तर पश्चिमी वेल्सका अधिकारी केट सदरल्याण्डले छात्राको मृत्युको यो घटना गत वर्ष ८ जुलाइको भएको बताएका छन् । यो केसको अहिलेसम्म अनुसन्धान चलिरहेको त्यहाँको प्रहरीले बताएको छ।



    अधिकारीका अनुसार कैयौं मानिसहरुसँग सोधपुछ गरेपछि यी छात्रा मृत्युभन्दा १ दिन अगाडि एक फार्मेसीमा काम गरिरहेको र त्यही दिन उनले इमेलमार्फत आफ्नो परीक्षाको नतिजा थाहा पाएको खुलासा भयो । नतिजा देखेर मारेड निराश थिइन् । त्यसपछि उनी कार लिएर ब्रिटानिया ब्रिज पुगिन् । उनले कारको इन्जिन अन नै राखेर पुलबाट तल हाम्फालिन् । यद्यपि अहिले उनको रिजल्ट भने पास भएको सो विद्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार