Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मृत अवस्थामा भेटिए वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार

    मृत अवस्थामा भेटिए वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनसरीमा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

    जिल्लाको रामधुनी नगरपालिका ८ का वडाध्यक्षका उम्मेदवार गणेश पौडेल मृत फेला परेका हुन् ।



    पौडेल आफ्नै घर पछाडि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



    उनी गत विहीबार इनरूवा ४, बसचौकमा मोटरसाइकल सडकमै छाडेर सम्पर्कविहीन भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि उनी नेपाली कांग्रेसका कार्यकर्ता थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार