Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अमेरिकी दूतावासमा गाइजात्रा मनाइदै, गायक प्रकाश सपुतले प्रस्तुती दिने

काठमाडौँ । आगामी भाद्र ७ गते गाइजात्रा पर्वको अवसरमा अमेरिकी दूतावासमा एक कार्यक्रमको आयोजना हुने  भएको छ। कार्यक्रममा चर्चित नेपाली गायक प्रकाश सपुतले आफ्नो प्रस्तुति दिने भएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत दिइएको जानकारी अनुसार उक्त कार्यक्रममा राजदूत बेरीले लेखक तथा शिक्षक निरन्जन कुँवर तथा मिस पिंक नेपाल २०१८ एन्जेल लामासँग गाइजात्राको सन्दर्भमा अधिकार अभियानको बारेमा संक्षिप्त कुराकानी गर्ने जनाइएको छ ।

कार्यक्रमको उद्घोषण चर्चित प्रस्तोता तथा पूर्व मिस नेपाल माल्भिका सुब्बाले गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077