Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२,२१२ जनामा संक्रमण पुष्टि हुँदा ३३ जनाको मृत्यु, १,८७६ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ८७६ जना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८०८ जनाको पीसीआर परीक्षणमा १ हजार ७९३ र ४ हजार ०१८ को एन्टिजेन परीक्षणमा ४१९ जना गरी २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ३२ हजार २७२ जना पुगेको छ ।

जसमध्ये ३५ हजार ०१८ जना होम आइसोलेसनमा र ४ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार २९२ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो शनिबार २,६२४ संक्रमित थपिदा जम्मा १,३२० जना संक्रमणमुक्त भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077