Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ७ किलो यार्सागुम्बा लुटपाट गर्ने गिरोह पक्राउ

    ७ किलो यार्सागुम्बा लुटपाट गर्ने गिरोह पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३१ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडाैंले गोंगबुबाट ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।

    महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार आइतबार टोलीले मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित ७ जना लुटेराको समूहलाई पक्राउ गरेको हो।



    ओखेडासँगै पक्राउ पर्नेहरुमा दोलखाका मनोज कुमार श्रेष्ठ, रामेछापका दीपक थापामगर र रोशन श्रेष्ठ, काभ्रेका बिशाल लामा र योङदेन लामा र भारतीय नागरिक मोहम्मद ईसाक रहेका छन्।



    उनका अनुसार खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको भन्दै किटानी जाहेरी परेको थियो ।

    जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेकाको साथबाट ७ किलो ७ सय ४० ग्राम अवैध यार्सागुम्बा र १ लाख ५३ हजार नेपाली रुपैयाँ र केही थान मोबाइलसमेत बरामद भएको कोइरालाले बताए ।

    यस बिषयमा थप अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार