Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अवैध यार्सागुम्बा र कस्तुरीको बिनासहित एकजना पक्राउ

    अवैध यार्सागुम्बा र कस्तुरीको बिनासहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 759
    SHARES

    दार्चुला । दार्चुलाबाट प्रहरीले अवैध यार्सागुम्बा र कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्याँस गाँउपालिका–४ सुनसेरा बस्ने ३३ वर्षीय कम्मान सिंह बिष्ट छन् ।

    महाकाली नगरपालिका–८ अशिगडास्थित सडकबाट १ किलो ६ सय ग्राम अवैध जडीबुटी यार्सागुम्बा र १ थान कस्तुरीको बिनासहित उनी पक्राउ परेका हुन् ।



    दार्चुलाबाट महेन्द्रनगरतर्फ गईरहेको ना.७ख ६३७२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाई राखेको उक्त यार्सागुम्बा र वस्तु सहित फेला पारी पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार