Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भालुको पित्त र यार्सागुम्बासहित एकजना पक्राउ

    भालुको पित्त र यार्सागुम्बासहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ७ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    कैलाली । भालुको पित्त र यार्सागुम्बासहित एकजना पक्राउ परेका छन् ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको सयुक्त प्रहरी टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बाट जुम्लाको कनिकासुन्दरी गाउपालिका ३ का ५७ वर्षीय बिर्ख धामीलाई पक्राउ गरेको हो ।



    उनको साथबाट अन्दाजी १५० ग्राम तौल भएको भालुको पित्त र २५ ग्राम यार्सागुम्बा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    अनुसन्धान गर्दै जाँदा कैलालीको गोदावरी नगरपालिका २ मा रहेको उनको डेराबाट थप ५०० ग्राम यार्सागुम्बा फेला पारी जम्मा ५२५ ग्राम यार्सागुम्बा फेला पारेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार