Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • त्रिभुवन विमानस्थलबाट यार्सागुम्बासहित कोरियाली नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट यार्सागुम्बासहित कोरियाली नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 726
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यार्सागुम्बासहित कोरियाली नागरिक पक्राउ परेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एम५५६१३९६३ पासपोर्ट नम्बरका कोरियाली नागरिक ख्वन ग्यङसनलाई चेकेजाँज कक्षबाट पाँच किलो यार्सागुम्बासहित पक्राउ गरेको हो ।



    यस्तै उनको साथबाट भियाग्रासमेत बरामद गरिएको छ । उनले पाँच किलो यार्सागुम्बालाई तरल पदार्थ बनाई लुकाइछिपाइ लैजान लागेको स्रोतले बतायो । उनी काठमाडौंबाट कोरियाको सियोल जान लागेका थिए ।



    पक्राउ परेका ग्यङसनलाई प्रहरी हिरासतमा राखिएको छ । थप अनुसन्धानका लागि उनलाई आइतबार विभागमा पठाइने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार