Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हावाहुरीले त्रिभुवन विमानस्थलमा उडान अस्तव्यस्त, कतार एयरको जहाज ‘ओभरसुट’

    हावाहुरीले त्रिभुवन विमानस्थलमा उडान अस्तव्यस्त, कतार एयरको जहाज ‘ओभरसुट’

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 654
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीका कारण उडान अस्तव्यस्त भएको छ ।

    खराब मौसम र हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेका छैनन् ।



    विदेशबाट आउने जहाज अन्तै डाइभर्ट गरिएका छन् भने केही आकाशमै होल्ड भएका छन् । चीनबाट आएको चाइना इस्टर्न जहाज बंगलादेशको ढाका डाइभर्ट गरिएको छ भने भारतको दिल्लीबाट आएको इन्डिगो जहाज दिल्लीमै फिर्ता भएको छ ।



    त्यस्तै बंगलादेशको ढाकाबाट आएको विमान, दिल्लीबाट आएको भिस्तारा र दोहाबाट आएको कतार एयरवेजका तीनवटा जहाज यतिबेला काठमाडौंको आकाशमा होल्ड गरिएका छन् ।

    कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको छ । यो जहाज पुनः काठमाडौं अवतरण गर्ने प्रयासमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार